Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रु. २१.५ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

२०८० फाल्गुन २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले साढे २१ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।

जसमा २८ दिने ८ अर्ब रुपैयाँको, ९१ दिने ८ अर्ब ५० करोड रुपैयाँको र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः २०८० चैत २७ गते, २०८१ जेठ २९ गते र २०८१ फागुन २७ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल फागुन २९ गते जारी हुनेछ। यसको बोलकबोल भोलि आज फागुन २७ गते दिउँसो ३ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।