२०८० फाल्गुन १७ गते

उपकार लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न

 

बैंकिङ खबर/उपकार लघुवित्त वित्तीय संस्था लि.द्वारा बर्दिया कुसुम्बा शाखा र मानपुर टपरा शाखाद्वारा संचालित केन्द्रका केन्द्र प्रमुख तथा सदस्यहरुलाई सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाको उपप्रमुख अनिता चौधरीले यस संस्थाले यस क्षेत्रका महिलाहरुको आर्थिक तथा समाजिक रुपान्तरणको लागि कार्य गरेको भन्दै प्रशंसा गरेकी थिइन् ।
संस्थाबाट लिएको कर्जाको सहि सदुपयोग गरि आम्दानी बढाउनुपर्ने साथै अरुको प्रलोभनमा नपरि आफनो व्यवसाय गर्नु पर्ने बताउँदै लघुवित्त तपाईहरुकै लागि हो तपाईको सानो बचतले भविष्यमा तपाईकै पूँजी निमार्ण गर्ने भएकोले बचत गर्न प्रेरित गरेकी थिइन् ।

त्यसै गरि राजापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष असराज न्यौपानेले कर्जा उत्पानशिल क्षेत्रमा लगानी गर्दा आर्थिक रुपमा सक्षम हुने भएकोले कर्जाको दुरुपयोग गर्न नहुने र अरु राम्रो कामको लागि मात्र देखासिकि गर्नुस र कर्जा लिएर तिर्न पर्दैन भनि भ्रममा नपर्न बताउदै पैसा कमाउन सजिलो नभएकोले आफनो व्यवसायलाई ध्यान दिइ उद्यमी महिला बन्नुस र सकारात्मक सोच राखी अगाडि बढनुस भन्ने सुझाव दिएका थिए ।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी प्रमुख सारदा कुमारी खत्रीले कर्जा आवश्यकता अनुसार लिनुपर्छ कर्जाको सहि सदुपयोग गर्न अनुरोध गर्दै हिजो तपाई हाम्रो आमाको बैंक सम्म पहुँच नभएकै कारण लघुवित्त जन्मिएको बताउँदै सानो सोनो बचतले तपाईलाई फाइदा हुने बताएकी थिइन् ।

बिमल खनाल, लक्ष्मी के.सीले सदस्यको गुनासो सम्बन्धमा सदस्यहरुसँग छलफल गरेका थिए । कार्यक्रममा कुसुम्बा शाखाका शाखा प्रमुख कमला कुमारी के.सी. र मानपुर शाखाका शाखा प्रमुख दिलसरा थापाले शाखाको प्रगति विवरण पेस गर्नु भएको संस्था कि तालिम बिभाग प्रमुख पार्वती पराजुलीले जानकारी दिइन् ।