
बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्थाको बाणगंगा जितपुर शाखा लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा रहेको छ । यसै शाखाको सदस्य कोड नं. ०६२.१६१९७.०४.०२ कमला ढकाल अत्यन्तै मेहनती र पौरखी हुनुहुन्छ । हाल वाणगंगा जितपुर शाखाको गोल्डेन सदस्य रहेकी कमला ढकालको जन्म गरिव परिवारमा भएको थियो ।
कमला ढकालको विवाह कपिलवस्तुको मोतिपुर गाँउमा एउटा गरिब परिवारमा भएको थियो । पति दिवाकर ढकालको कुनै पेशा, व्यवासाय नभएको र ज्याला मजदुरी पनि नगर्ने भएकोले घरमा आम्दानीको श्रोत पनि थिएन । कमला ढकाललाई एक्लै दैनिक ज्याला मजदुरी गरेर जीवन यापन गर्नुपर्ने वाध्यता थियो ।
पुर्खौली अंशको नाममा एउटा भैसीको पाडो मात्रै परेको थियो, त्यो पनि गोठमा आगलागी भएर जलेर म¥यो । जीवन यापनको लागि आफैले केही गर्नु बाहेक अरु कुनै विकल्प थिएन । जीवन यापनका लागि कुनै पेशा व्यवसाय गर्न पैसा थिएन, गाउँघरमा कसैले एक पैसा पनि पत्याउने अवस्था थिएन । त्यसैले कमलाले गाउकै परिचित व्यक्तिसँग अधियामा भैसीको पाडी लिएर पाल्ने र ज्याला मजदुरीबाट प्राप्त रकमबाट ४ जना छोराछोरी सहित ६ जनाको परिवार चलाउनुपथ्र्यो ।
दिनरात खटेर काम गर्दा पनि परिवार पाल्न गाह्रो भएपछि कमलाको परिवार गाउँमा भन्दा वजारमा केही अवसर पाइन्छ कि भनेर २०७० साल तिर मोतिपुरबाट वसाई सरी कपिलवस्तुको ओदारी बजारमा आइपुग्यो । उनीहरु त्यहाँ एउटा स्कुलमा क्यान्टिन भाडामा लिई त्यहि एउटा कोठामा वस्न थाले । अलि अलि आफुसँग भएको पैसा र साहूसँग महंगो व्याजमा ऋण लिएर स्कुलमा क्यान्टिन चलाउन थाल्नुभयो । तर त्यो क्यान्टिन व्यवसायमा धेरै उधारोको कारोवार र व्यवसायिक ज्ञानको अभावले धेरै घाटा पर्न गयो र एक वर्षमा नै वन्द गर्नुप¥यो । उल्टो ऋण तिर्नलाई भएको २२ धुर जग्गा बेच्नुपर्यो ।
एक पटक घाटा भयो भन्दैमा अव कामै नगरि वस्ने कुरा पनि त भएन नि अव नयाँ के गर्ने भनेर सोच्न थाल्नु भयो । सोच्दै जाँदा आफुलाई अनुभव र ज्ञान नभएको ब्यवसायमा लगानी गर्दा ठूलो घाटा पर्यो । नयाँ ठाउँमा आएर आफूले नजानेको व्यवसाय गर्नाले नै व्यवसायमा घाटा भएकोले अव आफुले गरिरहेको पशुपालन व्यवसायलाई नै अगाडी वढाउने योजना कमलाले गर्नुभयो । तर पशुपालन गर्न पनि त पैसा चाहियो, पैसाको खोजी गर्दा एकजना छिमेकी दिदीले छिमेक लघुवित्तको वारेमा भन्नुभयो ।
उहाँले सुनाउनुभएका सुविधा सुन्दा कमला ढकाल औधी खुसि हुनुभयो र नजिकैको समुदायमा छिमेक लघुवित्तको मासिक बैठक बस्ने गरेको थाहा पाएपछि आफुलाई पनि बस्न रहर भएको र सदस्य दिदीबहिनीको पनि व्यवसाय गर्नेलाई झन समुह चाहिन्छ भन्ने हैसला पाएकोले २०७१ साल असारमा छिमेकमा सदस्यता लिनुभयो । पहिलो पटक रु.४०००० ऋण लिएर एउटा भैसी किन्नुभयो । विसौं वर्षदेखि भैसी पालन गर्दै आउनुभएकी कमलाले त्यो भैसीबाट राम्रो कमाई गर्नुभयो ।
दोश्रो पटक लिएको रु.६०००० ऋणले १ वटा भैँसीको पाडी र तेश्रो पटक लिएको रु.३०००० ऋणबाट पनि एक वटा गरी ३ वटा भैसी वनाउनुभयो । ३ वटा भैसीको दूध वेच्दा अलि अलि पैसा बचत हुन थाल्यो । बजारमा धेरै भैसी पालन गर्न अप्ठेरो परेकोले त्यहि नजिकै देउवापार भन्ने ठाउँमा ३ कठ्ठा जग्गा खरिद गरी त्यही सर्नुभयो । व्यवसाय बढ्दै गएअनुसार ऋणको सिमामा पनि विस्तार गर्ने क्रममा २०७४ सालमा छिमेकबाट लिएको ३ लाख ऋणले गोठ वनाएर पशुपालन पेशालाई अझै व्यवस्थित बनाउनु भएकी कमला ढकाल छिमेक लघुवित्तबाट सफल उद्यमीको रुपमा सम्मानीत पनि हुनुभयो । “भैसी पालन व्यवसायमा भैसी साटफेर गरिरहनुपर्ने भएकोले नियमित रुपमा ऋण चलाई राख्नुपर्छ, कहिले भैसी नव्याउदा, कहिले मर्दा हामीले फेरी अर्को भैसी किन्नुपर्ने भएकोले हरेक वर्ष ऋण लिएको छु” कमला ढकालले भन्नुभयो ।
२०७८ सालमा लिएको ५ लाख ऋणबाट पुनः भैँसी पालनमा नै लगाएर ५ वटा भैँसी पु¥याउनु भयो । छोरालाई साउदी अरवमा वैदेशिक रोजगारीमा पठाउनुभयो । २०७९ सालमा लिएको १ लाख र आफ्नो बचतबाट केही रकम थप गरेर २ वटा गाई थप्नुभयो । गाईपालन गर्ने अन्य किसानको सल्लाह बमोजिम अव गाईपालन व्यवसायलाई बढाउने योजना गर्नु भएको छ ।
हाल उहाँको ३ कठ्ठा जग्गामा भैंसी फर्म छ, जसमा ४ माउ भैँसी, २ पाडापाडी, २ माउ गाई रहेका छन् । अधियामा डेढ विगाह खेती गर्नुभएको छ । १ छोरा र छोरीको विवाह भै सकेको, कान्छी छोरी कक्षा १० मा पढ्दै छिन् । जेठा छोराले साउदी अरवमा रोजगारी गर्दैछन् । बुहारीले घरमा कमलालाई पशुपालनमा सघाई रहेकीछन् । अहिले गाउँमा उहाँले गर्नुभएको मेहनतलाई सवैले सम्मान गर्ने गरेका छन् । नगरपालिकाले उहाँको मेहनत देखेर पशुपालनमा आवश्यक पर्ने सामानहरु र पाँचवटा मौरीका घार उपलव्ध गराएको छ ।

अहिले आफ्नो विगतलाई हेरेर उहाँ भन्नुहुन्छ “मैले जिन्दगीमा धेरै दुःख कष्ट खेपेकी छु, रातदिन नभनी दुःख गर्दा पनि हातमुख जोर्न धौ धौ परेको सहेकी छु । छोराछोरीलाई स्कुल पठाउने पैसा नभएकोले पढ्न नपाएकोमा धेरै खिन्न लाग्छ । तर जव म छिमेकको समूहमा आवद्द भएँ मेरा सफलताको दिनहरु शुरु भए । क्रमश म पनि उद्यमी महिला हुन थाले ।
विस्तारै–विस्तारै व्यवसाय बढाउन छिमेकबाट पटक–पटक कर्जा लिई आफ्नै जग्गामा घर बनाई भैसीका साथ–साथै बाख्रा,मौरीपालन व्यवसाय गरी अहिले अभावमय जीवन रहेको वहाँ बताउँनुहुन्छ । वहाँ भन्नुहुन्छ ‘देउवापारको हरेक घरहरु,ओदारी,कर्महनाको बजारका होटलहरुमा मेरो भैँसीको दुध पुग्छ । एक दुई दिन दुध पु¥याउन नसक्दा सबैतिरबाट गुनासो आउँछ ।’
अरुको भैसी अधिया पालेर सुरु गरेको ब्यवसाय आज ब्यावसायिक फर्मको रुपमा दर्ता गरी आफ्नै गोठमा ४ वटा भैसी,२ वटा पाडापाडी, २ वटा गाई सगैँ १२ वटा उन्नत जातका बाख्रा र आमा समुहको अनुदानमा प्राप्त ५ घार मौरी समेत पालेर आर्थिक उन्नती गरिरहेकी कमला ५ कठ्ठा आफ्नो र ३० कठ्ठा जति अधियामा खेति गरी बर्षभरि खानपुग्ने र छोराछोरीलाई राम्रो शिक्षा र पालनपोषण दिएको बताउनुहुन्छ । भविष्यको लागि छिमेक लघुवित्तमा पेन्सन बचतमा १००० र मासिक बचतमा १००० बचत गरेर ढुक्क हुनुहुन्छ ।

छिमेक लघुवित्तले दिएको भैसी पालन तालिमबाट व्यवसाय विस्तार गर्न थप हौसला वढेकोले १० वटासम्म भैसी र ५ वटा गाई पालन गर्ने योजना रहेको छ । तालिमबाट पाएको जानकारीका कारण भैसी पालन व्यवसायलाई दर्ता गरी नगरपालिकाबाट समेत सहयोग प्राप्त गर्न सफल हुुनभएको छ ।
कमला ढकाल आज छिमेक लघुवित्तको कारण आफु एक सफल व्यवसायि भएर चिनिन पाएकोमा खुसि हुनुहुन्छ । वहाँले लिएको ऋणलाई व्यवसाय विस्तारमा मात्रै लगानी गरेको कारण आज गरिवीबाट मुक्त हुनुभएको छ । हिजो केही काम नगर्ने श्रीमान पनि आजभोली कमलालाई सघाउन थाल्नुभएको छ । विगतमा एक दुई हजार सापटी खोज्दा पनि नपत्याउने समाज आज वहाँलाई सम्मानका साथ ब्यवहार गर्छ ।
प्रस्तुतकर्ता
अनिता ठकुरी
(शाखा प्रबन्धक,बाणगंगा जीतपुर शाखा कपिलवस्तु)



