
बैंकिङ खबर/सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले कुल २५.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजीको २३.८ प्रतिशतले हुन आउने ७६ करोड १६ लाख रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । यसैगरी कम्पनीले बोनस वितरणपछि कायम हुने चुक्तापुँजीको २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने पनि जनाएको छ ।



