Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान

२०८० फाल्गुन ९ गते

बैंकिङ खबर/ सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डेले सामग्रीहरु हस्तान्तरण गरे । कार्यक्रममा कम्पनीको डेपुटी सिइओ नीराजन कंडेल , एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।