Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तबाट पीडित भएको भन्दै प्रदर्शन, मागे गभर्नरको राजीनामा

२०८० फाल्गुन ९ गते

बैंकिङ खबर/लघुवित्तबाट पीडित भएको भन्दै विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेकाहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेर उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।

उनीहरुले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन्।

Ad