Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जीवन बीमा कोषको आकार ६ खर्ब ३२ करोड नाघ्यो

२०८० फाल्गुन ८ गते

बैंकिङ खबर/जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ६ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ६ खर्ब ३२ अर्ब ३० करोड ५१ लाख ९८ हजार रुपैयाँ सञ्चित भएको छ ।

विसं २०८० असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ५ खर्ब ६५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ सञ्चित थियो । चालु आवको ६ महीना अवधिमा जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ११.८९ प्रतिशत अर्थात ६७ अर्ब १७ करोडले बढेको हो ।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नेपाल लाइफको बीमा कोषको आकार सबैभन्दा धेरै छ । कम्पनीले पुस मसान्तसम्ममा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । जुन २०८० असार मसान्तको तुलनामा १०.९६ प्रतिशत धेरै हो ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको जीवन बीमा कोषमा १ खर्ब १३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत असारमा १ खर्ब १ करोड ६३ लाख रहेकोमा ११.९७% बढेको हो । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले पनि बीमा कोषको आकार ६.८०% ले वृद्धि गर्दै ७१ अर्ब ४४ करोड २५ लाख रुपैयाँ सञ्चित राखेको छ । कुल जीवन बीमा कोषमा नेपाल लाइफको हिस्सा २९.०५ प्रतिशत बराबर रहेको छ ।

समीक्षा अवधिमा हिमालन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ५८ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको तुलनामा कम्पनीको कोषको आकार १२.२१% बढेको हो । साथै चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको बीमाकोषको आकार पनि १४.०८% ले बढेको छ । विसं २०८० पुस मसान्तसम्म कम्पनीले कोषको आकार बढाएर ५२ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ सञ्चित गरेको छ ।

दोस्रो त्रैमाससम्मको सार्वजनिक वित्तीय विवरण अनुसार एशियन लाइफको बीमाकोषको आकार ४० अर्ब ९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको तुलनामा एशियन लाइफको जीवन बीमा कोषमा ३४ अर्ब ८ करोड ९० लाख रहेकोमा १४.६०% ले बढेको हो । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सको कोषको आकार ११.२१% ले बढेर ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ सञ्चित भएको छ । गत असार मसान्तसम्म कम्पनीको कोषमा २७ अर्ब ४४ करोड ७ लाख रुपैयाँ सञ्चित थियो ।

तथ्याङ्क अनुसार २०८० पुस मसान्तसम्ममा मेट लाइफको जीवन बीमा कोषको आकार ६.११ प्रतिशतले बढेर २५ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ८७ करोड १४ लाख रुपैयाँ सञ्चित थियो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ सञ्चित छ । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १६.३०% वृद्धि भएको हो ।

सिटिजन लाइफको जीवन बीमा कोषमा २०८० पुसमसान्तसम्ममा १२ अर्ब ७ करोड २० लाख जम्मा भएको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १८.३०% वृद्धि भएको हो । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब २० करोड ४१ लाख रुपैयाँ सञ्चित थियो ।

यसैगरी समीक्षा अवधिमा रिलायबल नेपालको जीवन बीमा कोषको आकार ३१.४७% ले बढेर ८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ४९ करोड ४१ लाख रुपैयाँ सञ्चित थियो ।
पुस मसान्तसम्ममा प्रभु महालक्ष्मीको जीवन बीमा कोषको आकार पनि १६.३३% ले बढेको छ । २०८० पुससम्ममा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ सञ्चित छ । २०८० असार मसान्तसम्ममा कम्पनीको कोषमा ७ अर्ब ३२ करोड १९ लाख रुपैयाँ सञ्चित थियो ।

आइएमई लाइफको जीवन बीमा कोषको आकार ७ अर्ब ९९ करोड ८९ लाख रुपैयाँ रहेको छ । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ७ अर्ब २ करोड १९ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १३.९१ % वृद्धि भएको हो ।

सन नेपालको जीवन बीमा कोषको आकार २०८० पुस मसान्तसम्ममा ६ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ सञ्चित रहेको छ । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ सञ्चित थियो । कम्पनीको जीवन बीमा कोषको आकार १४.८१% वृद्धि भएको हो ।