Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक अनुशासन नभए अर्थतन्त्र सुध्रिन्न : अर्थमन्त्री

२०८० माघ २९ गते

बैंकिङ खबर/ अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुध्रिदै गएको बताएका छन् । अर्थमन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बजेटकाे अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री महतले राजस्व वृद्धिदर ९ दशमल ६७ प्रतिशतले बढेको बताए । जुन यसअघि ऋणात्मक थियो ।

‘राजस्व संकलन वृद्धि हुने गरी सरकारले काम गरिरहेको छ ,’अर्थमन्त्रीले भने,’ राजस्व बढाउनेबारे सरकारले समिति नै गठन गरेर अध्ययन गरिररहेको छ।’

उनले विदेशी सहयोग समेत बढने दावी गरे । विदेशी लगानीको वातावरण समेत बन्दै गएको उनको भनाइ छ। ‘केन्द्र सरकारसँग बजेट धेरै छैन, बजेट स्थानीय तह र प्रदेश तहमा बाँडिएको छ ,तर विकास माग्न चाँहि सबैजना केन्द्रमा आउनुहुन्छ , ‘अर्थमन्त्री महतले भने,’विकास खोज्न प्रदेश र स्थानीय तहमा पनि जानुपर्‍यो ।’ लक्ष्यअनुरुपको आम्दानी हुने अवस्था नभएको भन्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न आर्थिक अनुशासन जरुरी रहेको जिकिर गरे।