Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै सरकार

२०८० माघ २९ गते

बैंकिङ खबर/ सरकारले आज चालु आर्थिक वर्षको बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । अर्थमन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गर्ने गरी पत्रकार सम्मलेन राखेको छ ।

साउनदेखि पुस मसान्तसम्मको सरकारी आय व्ययको खाता ४८ अर्ब ४६ करोडले घाटामा देखिएको छ । २०८० पुस मसान्तसम्म ५ खर्ब १८ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको सरकारले खर्च (बजेट कार्यान्वयन) तर्फ ५ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

तथापि, सरकारी खर्च र आम्दानी लक्ष्यअनुरुप हुन नसक्दा अर्धवार्षिक समीक्षामार्फत दुबै लक्ष्य परिमार्जन गर्ने तयारी सरकारले गरेको छ । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड अनुमानित बजेट ल्याएको सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ । यो लक्ष्य पुरा हुन नसक्ने देखेपछि सरकारले राजस्वको र खर्चको दुबै लक्ष्य र सीमा पुनरावलोक गर्ने तयारी गरेको हो ।