Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु महालक्ष्मीको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८० माघ २४ गते

बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीच उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाइले अभिकर्ताबीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । उनले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोनबहादुर मगरले बीमाका बिक्री कला तथा व्यवसायी जीवनमा भोगेका अनुभवहरु साटेका थिए । कार्यक्रमको सञ्चालन एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । अभिकर्ता स्कीम अन्तर्गत लक्की ड्र मार्फत् स्कुटर बिजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवनकुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।