Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्तको नाफा २१ प्रतिशत घट्यो, निष्क्रिय कर्जा बढ्यो

२०८० माघ २४ गते

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २१.५ प्रतिशत घटेको छ ।

गत वर्षको दोस्रो त्रैमासमा कुल ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा ४३ करोड ६२ लाख रुपैयाँ कमाएको छ । कम्पनीको खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जासँगै लोनलस प्रोभिजन बढ्दा नाफामा असर परेको देखिन्छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४३ करोड खुद ब्याज आम्दानी गरेको कम्पनीले यो वर्षको दोस्रो त्रैमासमा भने १ अर्ब ३८ करोड आम्दानी गरेको छ । समीक्षा अवधिमा फी तथा कमिसन आय पनि ६ करोड ७८ लाख रुपैयाँ घटेको छ ।

त्यस्तै कम्पनीको लोन लस प्रोभिजन २४ करोड ८ लाख रुपैयाँ छ, गत वर्ष सोही अवधिमा २० करोड २ लाख रुपैयाँ थियो । कुल कर्जामा कम्पनीको निष्क्रिय कर्जाको अंश २.९५ प्रतिशत पुगेको छ । पहिले ०.९४ प्रतिशत थियो । पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब २८ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ २० पैसा छ। हाल कम्पनीको साधारण सेयर मूल्य प्रतिकित्ता ८५९ रुपैयाँ छ ।