Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तीन अर्ब तरलता पठायो

२०७३ कार्तिक ३० गते

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तीन अर्ब रुपैयाँ तरलता पठाएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले मंगलबार रिपो जारी गरेर उक्त मात्रामा तरलता पठाएको हो । राष्ट्र बैंकले रिपोको व्याजदर ५.५८८७ प्रतिशत निर्धारण गरेको छ । 

राष्ट्र बैंकले १४ दिने अवधिको रिपो जारी गरेको हो । जसअनुसार, आगामी मंसिर १४ गते उक्त रिपो परिपक्व हुनेछ ।