Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका निमित्त सीईओमा प्रसाईं नियुक्त

२०८० माघ १२ गते

बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा निमित्त कार्यकारी प्रमुख (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन्। कम्पनीका सीईओ रमेशकुमार भट्टराईले दिएको राजीनामा फागुन १ गतेदेखि लागू हुने गरी माघ १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको इन्स्योरेन्सले जनाएको छ ।

सीईओ भट्टराई माघ १६ गतेदेखि २९ गतेसम्म स्वीकृत बिदामा बस्ने हुँदा प्रसाईलाई निमित्त सीईओ नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव किशोर लामिछानेले जनाएका छन् ।
हाल वरिष्ठ नायब सीईओका रुपमा कार्यरत प्रसाईंले माघ १६ गतेदेखि निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि प्रसाई साविकको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सीईओको रुपमा रहेका थिए ।