२०८० माघ ६ गते

साधना लघुवित्तको AML/CFT तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न

बैंकिङ खबर/साधना लघुवित्त वित्तिय संस्था लि.ले शाखा प्रमुख,अनुगमन अधिकृत,विभागका सबै कर्मचारीहरु र शाखा कार्यालयहरुको सम्पूर्ण कर्मचारीहरुको सहभागितामा AML/CFT  तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । तालिम कार्यक्रम मिति २०८०।१०।०६ गते भरतपुर स्थित धावन रिसोर्ट एण्ड पाटी प्यालेसमा चितवनमा सञ्चालन गरिएको थियो । तालिम कार्यक्रमको औपचारिक उद्घाटन वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष तथा तालिम कार्यक्रमको सभापति कृष्ण बहादुर थापाले पानसमा दिप प्रजवलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

उपस्थित सबै सहभागीहरु तथा अतिथिहरुलाई स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यको बारेमा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले प्रकाश पारेका थिए । औपचारिक कार्यक्रमलाई समापन गर्दै वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षले वित्तीय संस्थाको सम्पूर्ण कर्मचारीहरुलाई एकैपटक सहभागी गराएर AML/CFT  तथा नेतृत्व विकास तालिम कार्यक्रम सञ्चालन गरेकोमा व्यवस्थापन टिमलाई धन्यवादसहित सम्पूर्ण कर्मचारीहरुलाई टिमवर्क भएर लाग्न आग्रह गर्दै वित्तीय संस्था अबको केही महिनामा मर्जर भएर अझैँ ठूलो संस्था हुने भएकोले अझँै बढी जिम्मेवार भएर लाग्न सुझाव दिँदै उद्घाटन सत्रलाई समापन गरेका थिए ।

तालिम कार्यक्रमको औपचारिक कार्यक्रम पश्चात नेपाल राष्ट बैंकका पूर्व निर्देशक तथा एनबिआईको प्रशिक्षकको रुपमा श्याम कृष्ण दहालले AML/CFT अन्तर्गत विभिन्न बिषयहरुको साथै नेपाल राष्ट्र बैंकमा पेश गर्नु पर्ने विभिन्न एसटिआर/टिटिआर तथा अन्य विषयहरुमा प्रशिक्षण गर्नु भएको थियो तथा सहभागीहरुबाट आएका जिज्ञासाहरुलाई समेत समाधान गरेका थिए । तालिम कार्यक्रममा वित्तीय संस्थाको सम्पूर्ण कर्मचारीहरु गरि ३०० भन्दा बढीको सहभागी रहेको थियो ।

तालिमको समापन कार्यक्रममा चालु वर्ष २०८०।०८१ को अर्धवार्षिक पुस मसान्तसम्ममा उत्कृष्ट प्रगती हासिल गरेका शाखा प्रमुख र अनुगमन अधिकृतहरुलाई उत्कृष्ट कार्यको सम्मान गर्दै प्रसंशा – पत्र प्रदान गरिएको थियो । संस्थाले हाल सम्ममा हिमाल, पहाड र तराईका गरी ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच ३१ वटा जिल्लाका १ लाख हजार भन्दा वढी विपन्न परिवारमा पुर्याएको छ । यस अवधीमा संस्थाको लगानीमा रहि रहेको कर्जा ५ अरब ३६ करोड तथा सदस्यहरुवाट १ अर्ब ३५ करोड भन्दा बढि बचत संकलन गर्न सफल भएको छ ।