Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त

२०८० माघ ३ गते

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । संस्थापक समूहबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले आफ्नो पदबाट राजीनामा दिएकोमा मंगलबार साँझ बसेको संस्थाको २०१औँ सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको थियो ।

उक्त बैठकबाट नै संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरूको सर्वसम्मतिमा हाल सञ्चालक पदमा कार्यरत पौडेललाई अध्यक्षमा चयन गरिएको हो । पौडेल विगत ५ वर्षदेखि सञ्चालक समितिमा रही काम गर्दै आइरहेका थिए ।