Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जीवन तथा निर्जीवन बीमा कम्पनीले अब कुल लगानीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने

२०८० पुष २३ गते

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले जीवन बीमक तथा निर्जीवन बीमकको लगानी निर्देशनमा दोस्रो संशोधन गर्दै ती कम्पनीको लगानीको दायरा विस्तार गरिदिएको छ ।

नयाँ व्यवस्थाबमोजिम अब ती कम्पनीले सेयरमा गरिने लगानीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ ।

यसैगरी त्यस्ता कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति पाएका प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने भएका हुन् ।

पुनर्बीमा कम्पनीले कुल लगानीको १.५ प्रतिशत त्यस्ता कोषमा लगानी गर्न पाउनेमा एउटै कोषमा भने बढीमा एक प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

यसैगरि यस अघि “साधारण सेयर” मा मात्र लगानी गर्न पाउने व्यवस्थालाई परिवर्तन गर्दै “सेयर” मा लगानी गर्न सकिने गरि शब्दावलीमा परिवर्तन गरिएको छ ।