Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले विक्रि गर्यो ६०५ करोडको ट्रेजरी बिल

२०७३ कार्तिक २९ गते

nepal_rastra_bainkनेपाल राष्ट्र बैंकले छ अर्ब पाँच करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउन उक्त ट्रेजरी बिल विक्रि गरेको हो । ट्रेजरी बिल सोमबार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्रि गरिएको विभागले जनाएको छ । 

राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब ७७ करोड रुपैयाँ बराबरको, १८२ दिने अवधिको एक अर्ब २८ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको र ३६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको जनाएको छ । ९१ दिने अवधिको ट्रेजरी बिलको सावाँ तथा व्याज आगामी फागुन तीन गते फिर्ता हुनेछ । त्यस्तै, १८२ दिने अवधिको ट्रेजरी बिलको सावाँ तथा व्याज ०७४ बैशाख २६ गते फिर्ता हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिलको सावाँ र व्याज ०७४ कात्तिक २८ गते फिर्ता हुनेछ ।