२०८० पुष २० गते

साधना लघुवित्तद्वारा गोरखा दरबार सरसफाई तथा डस्टविन हस्तानान्तरण

बैंकिङ खबर/साधना लघुवित्त वित्तीय संस्था लि.केन्द्रीय कार्यालय गोरखाले गोरखा दरबार सरसफाई अभियानको विशेष अवसरमा डस्टवीन हस्तानान्तरण कार्यक्रम सम्पन्न गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिकास्थित गोरखा दरबार परिसरमा विशेष सरसफाईको अवसरमा वित्तीय संस्थाले १४ थान डस्टविन हस्तानान्तरण गरेको हो । डस्टविन वितरण कार्यक्रम वित्तीय संस्थाको संचालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाले गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर राना मगरलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा गोरखा दरबारका कर्मचारी, सुरक्षा निकायका प्रमुख, गोरखा नगरपालिका वडा नं ६ को वडाध्यक्ष, बित्तीय संस्थाको कर्मचारीहरु, बुद्धिजिवीहरु, स्थानिय व्यक्तिहरु गरी लगभग ७० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाले साधना लघुवित्तको केन्द्रीय कार्यालय गोरखामा रहेको तथा गोरखा जिल्ला सहित देशको विभिन्न प्रदेश गरी ३१ वटा जिल्लाहरुमा ९३ वटा शाखा कार्यालयहरुमार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको संस्थाले बित्तीय सेवा मात्र नभई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दे आएकोमा यो डस्टविन हस्तानान्तरण कार्यक्रम पनि एक रहेको छ । वित्तीय संस्थाले आफ्नो क्षमताले भ्याएसम्मको सहयोग तथा कार्यक्रम जारी राखेको छ ।

यसैगरी अध्यक्ष थापाले गोरखा दरबार सरसफाइको अवसरमा डस्टविन हस्तानानान्तरण कार्यक्रमको अवसर प्रदान गरिदिएकोमा गोरखा नगरपालिका,गोरखा दरबार तथा स्थानीयबासीहरुलाई व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक अभार तथा धन्यवाद ज्ञापन गरेका थिए । यसैगरि कार्यक्रमको अन्तिममा गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर राना मगरले यस विशेष सरसफाई अभियानमा साधना लघुवित्त वित्तीय संस्थाले सहयोग स्वरुप उपलब्ध गराएका डस्टविनले दरबार परिसरमा सरसफाईको लागि सहयोग पुग्ने तथा वित्तीय संस्थालाई सहयोगको लागि हार्दिक अभार तथा धन्यवाद व्यक्त गरेका थिए ।