Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गुडविल फाइनान्सको सीइओमा पुनः तुलाधर

२०८० पुष १९ गते

बैंकिङ खबर/गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सरोजकाजी तुलाधर नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको ४१४ औं बैठकले तुलाधरलाई दोस्रो कार्यकालका लागि आगामी ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव स्वयम्भू शाक्यले जानकारी दिए ।

कम्पनीका अनुसार तुलाधरलाई२०८० माघ २ गतेदेखि लागू हुने गरि ४ वर्षको लागि सीइओ नियुक्त गरिएको हो उनको हालको पहिलो कार्यकाल २०८० माघ १ गते सकिँदै थियो । उनी २०७६ माघ २ गतेदेखि ४ वर्षका लागि करार सेवामा सीईओ‌मा नियुक्त भएका थिए ।