Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा बैंकहरुले सीएसआरको ४० प्रतिशत खर्च गर्न सक्ने

२०८० पुष ८ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा संस्थागत सामाजिक उत्तरदायित्व कोष (सीएसआर) को ४० प्रतिशतसम्म खर्च गर्न सक्ने भएका छन् । आइतबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै २०८० कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणमा उक्त् खर्च गर्न सक्ने भएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याइ खर्च गर्नुपर्ने रकमको वार्षिक ४० प्रतिशतसम्म रकम उक्त कार्यमा खर्च गर्न सक्ने भएका हुन् । हाल प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत खर्च गनुपर्नेमा भूकम्प पछिको पुनर्निर्माणलाई लक्षित गर्दै राष्ट्र बैंकले २ वर्षका लागि त्यसमा छुट दिएको हो ।