March 11th, 2016

‘बैंकिङ लगानी उत्पादन क्षेत्रमा जरुरी’

bishnu prasad dhital 1करिब ६ बर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत विष्णु प्रसाद धिताल बैंकहरुले गाउँ केन्द्रीत भएर सेवा सुविधा प्रदान गर्नुपर्नेे सुझाउँछन् । वर्तमान समयमा सबै बैंकहरुले पारदर्शी काम नगरेको उनको बुझाई छ । यसैबिच, बैँकिङ क्षेत्रका वर्तमान कमी कमजोरी, लगानीको अवस्था लगायतको विषयका केन्द्रित रहेर बैंकिङ खवर डटकमले एपेक्स डेभलपमेन्ट बैँकका अध्यक्ष विष्णु प्रसाद धितालसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

बैंकिङ क्षेत्र चुस्त र दुरुस्त हुनुपर्छ 
वर्तमान समयमा बैंकहरुको सेवा चुस्त र दुरुस्त नभएका कारण बैंकहरुको भविष्य कतातिर ढल्किने हो भनेर लेखाजोखा गर्न सक्ने अवस्था छैन । त्यसैले बंैकहरुले आफ्नो सेवालाई प्रभावकारी बनाउन तर्फ ध्यान दिनुपर्छ । यदि बैंकहरुले सेवामा पारदर्शीता देखाएका छन् भने ती बैंकहरुको भविष्य पनि सुन्दर देखिन्छ । पहिलाको तुलनामा धेरै बैंकहरुले अहिले गाउँगाउँमा शाखाहरु विस्तार गर्ने र सेवा प्रदान क्रम बढ्न थालेको छ । यतिमात्र हुँदैमा बैंकहरुको सेवा पारदर्शी छ भन्न मिल्दैन । दुरदराजका मानिसले पनि बैंकको सेवा लिन पाए भने मात्र सेवा प्रभावकारी भएको मानिन्छ । 
बैंकले सुरक्षित क्षेत्रमा लगानी गर्नुपर्छ 
बैंकको लगानी सुरक्षित र भरपर्दो भयो भने त्यसको नतिजा पनि सकारात्मक आउँछ भन्ने मेरो बुझाई छ । पछिल्लो समयमा धेरै बैंकहरुले भनेजस्तो सेवा दिन नसकेका कारण ग्राहकहरुकोे विश्वास गुमाएका छन् । तर विकास बैंकहरुको भने सुधारात्मक अवस्था छ । राष्ट्र बैंकले समय समयमा अनुगमन गरिरहेका कारण बैंकहरु आफ्नो सेवाप्रति सचेत बन्न थालेका छन् । फाइनाइन्स विकास बैंक र कमर्सियल बैंकहरुले आफ्नो सेवालाई चुस्त र दुरुस्त बनाउन थालेका छन् । हामीले पनि लगानी र उत्पादनका क्षेत्रलाई प्राथमिकताको विन्दुमा राखेर काम गर्छाैँ ।

bishnu prasad dhitalलगानीको दायरा बढाउनुपर्छ 
एपेक्स बैंककोे लगानी सुरुमा जग्गातिर केन्द्रीत थियो, तर अब विस्तारै कृषि, उद्योग र हाइड्रोतिर लगानी गर्नतर्फ बैंककोे  ध्यानाकषर्ण भइरहेको छ । लगानीका क्षेत्रहरु गाउँ केन्द्रित भयो भने बैंकहरुले आफ्नो कारोबारको दायरा फराकिलो पार्न सक्छन् । लगानी गर्नको लागि सम्भावना बोकेका क्षेत्रमध्ये हाइड्रो पनि एक हो । त्यसैले बैंकहरुले यस्ता क्षेत्रमा पनि लगानी गर्ने हो भने देशको आर्थिक क्षेत्रमा पनि सुधार हुने देखिन्छ । यी क्षेत्रहरुमा बैंकहरुले लगानी गर्न सके भने राम्रोे प्रतिफल पनि प्राप्त गर्न सक्छन् । त्यस्तै पर्यटन क्षेत्र पनि लगानीको हिसाबले उत्तिकै फाइदाजनक क्षेत्र हो । गाउँगाउँमा तरकारी खेती गर्न चाहनेलाई बैंकले ऋण दिनुपर्छ । कृषिलाई बैंकहरुले प्राथमिकता दिनुपर्छ भनेर राष्ट्र बैंकको निर्देशन पनि आएको हुनाले अब बैंकहरुले लगानीको दायरा बढाउने छन् । त्यस्तै, नयाँ विकासका परियोजनाहरुलाई पनि प्राथमिकतामा राख्न जरुरी देखिन्छ । 

नयाँ प्रविधिको प्रयोगमा जोड
अरु देशको तुलनामा नेपालका बैंकहरु टेक्निकल क्षेत्रमा त्यति प्रभावकारी भएको पाइँदैन । बैंकले पनि ई मोवाइल सेवा बाहेक अन्य सेवाहरु खासै दिन नसकेको अवस्था छ । त्यसैले अबको बैंकिङ सेवा प्रविधिमा केन्द्रीत हुनुपर्छ । धितो दिँदा पनि प्राविधिक पक्षलाई आधार मान्नुपर्ने भएकोले बैंकिङ क्षेत्रमा नयाँ प्रविधिको प्रयोग हुन जरुरी देखिन्छ । 

समयसापेक्ष सेवामा जोड
नेपालका धेरै बैंकहरु मर्जरको अवस्थामा छन् । किनभने बैंकका कार्यालय मात्र धेरै भएर बैंकिङ सेवा प्रभावकारी हुने होइन । त्यसैले मर्ज गरेर बैंकलाई विकास गर्न सकिन्छ भन्ने मान्यता मैले राख्दछु । इन्टरनेश्नल बैंकहरु र नेपालका बैंकहरु मिल्न सके भने प्राविधिक पक्षमा मजवुद र सफल बन्न सकिन्छ । बैंकिङ क्षेत्रबाट देशको विकास हुने हुँदा बैंकहरुले पनि पारदर्शी भएर काम गर्नुपर्छ । अहिले सेवाग्राहिहरुले एटिएम पनि भरपर्दो नभएकोले गर्दाे ठूलो समस्या भोग्नुपरेको छ । त्यसैले एटिएम सेवालाई प्रभावकारी बनाउन बैंकहरु मिलेर सामूहिक एटिएम खोल्न जरुरी देखिन्छ । यसो गरियो भने सेवाग्राहिहरु पनि समस्याबाट मुक्त हुन सक्छन् । यो सेवा समय सापेक्ष पनि मानिन्छ ।

bishnu prasad dhital2गाउँका मानिसलाई वित्तिय साक्षरता सिकाउनुपर्छ 
हामी गाउँगाउँमा हाम्रो बैंकको शाखा विस्तार गर्नका लागि प्रयासरत छौँ । बैंकहरुले गाउँमा सेवा प्रदान गर्ने हो भने गाउँका मान्छेहरु विस्तारै बैंकिङ क्षेत्रमा प्रवेश गर्छन् । साथै, बैंकमा पैसा बचत गर्नुपर्छ भन्ने बानीको विकास पनि हुन्छ । अहिले पनि गाउँका धेरै मानिसहरुलाई बैंकमा पैसा बचत गर्नुपर्छ भन्ने धारणा छैन । उनीहरुमा चेतना छर्नको लागि वित्तिय साक्षरताका कार्यक्रमहरु पनि सञ्चालन गर्नुपर्छ । अझै पनि गाउँमा मान्छेहरु बैंकबाट ऋण लिएर लगानी गर्न डराउँछन् । बैंकबाट ऋण लियो भने घरबारी नै सकिने हो कि भन्ने सोचाई राख्छन् । त्यसैले बैंकहरुले पनि त्यो क्षेत्रका मानिसलाई बुझाउन सक्नुपर्छ । बैंकबाट ऋण लिएर लगानी गर्न सकिन्छ र आफ्नो आर्थिक अवस्था सुधार गर्न सकिन्छ भन्ने चेतना छर्न जरुरी छ । नकारात्मक मानसिकता हटाएर आफुसँग भएको पैसा बैंकमा जम्मा गर्ने र आवश्यक परेको बेला पैसा बैंकबाट झिक्ने हो भने त्यो भन्दा उत्तम विकल्प केहि हुँदैन । त्यस्तै सरकारले पनि गाउँ गाउँका मानिसका लागि चेतना छर्न वित्तिय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।  सुदुर पश्चिमी क्षेत्रमा बैंकका शाखाहरु विस्तार हुन सकेका छैनन् । ती क्षेत्रलाई पनि प्राथमिकतामा राखेर बैंकले सेवा प्रदान गर्न आवश्यक ठान्दछु । त्यस्तै, मौद्रिक नीति पनि कार्यान्वयन हुन सकेको छैन । मौद्रिक नीति लागु हुने हो भने गरिबीको संख्या घटाउनलाई पनि त्यसले ठूलो भूमिका खेल्न सक्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]