Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल बैंकको प्रमुख कार्यकारीमा तिलकराज पाण्डेय नियुक्त

२०८० पुष ६ गते

बैंकिङ खबर/नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन्। उनी ४ वर्षका लागि सो पदमा नियुक्त भएका हुन्। बैंकको ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिए।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन दिएका १९ जनामध्ये संक्षिप्त सूचीमा ५ जना छनोट भएका थिए। संक्षिप्त सूचीमा परेका ५ जनाको अन्तर्वार्ता गत बुधबार भएको थियो। ५ जनाको सूचीमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, धुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) चयन भएका थिए। जसमध्येबाट पाण्डेयलाई नियुक्त गरिएको नेपाल बैंकले जनाएको छ।