Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि विकास बैंक लि.संचालक समितिको सदस्यमा महेश आचार्य नियुक्त

२०८० पुष ६ गते

बैंकिङ खबर/ नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा महेश आचार्य मनोनयन भएका छन् ।

नवनियुक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहेका थिए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. राजेन्द्र प्रसाद मिश्र,गोविन्द भट्टराई , श्री संजिव पौडेल, विनोद

कुमार गुरांगाई, रिता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसहितको उपस्थिति रहेको थियो ।