Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरजग्गाको कारोबार बढ्यो

२०८० पुष १ गते

बैंकिङ खबर/ घरजग्गाको कारोबार मंसिरमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकानुसार कात्तिकको तुलनामा मंसिरमा घरजग्गाको कारोबार बढेको हो ।

विभागका अनुसार मंसिरमा ४१ हजार ८५१ लिखत पारित भएको छ । कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको थियो । तथ्यांकानुसार मंसिरमा १६ हजारले कारोबार बढेको हो ।

विभागका अनुसार देशभरका मालपोत कार्यलयहरूले मंसिरमा करिब तीन अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । घरजग्गा कारोबारबाट मंसिरमा दुई अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।