Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घर कर्जामा थप लचक, लघुवित्तका ऋणीलाई पनि राहत

२०८० मंसिर २२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा घर कर्जामा पनि थप लचक देखिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट नै लचिलो नीति लिएको राष्ट्र बैंकले समीक्षामा थप लचकता देखाएको छ।

केन्द्रीय बैंकले ५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने जनाएको छ। यसले घर कर्जालाई थप प्रोत्साहन गर्ने छ।

यसैगरी केन्द्रीय बैंकले लघुवित्तका ऋणीहरुलाई समेत राहत हुने नीति लिएको छ। “लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था गरिने छ,” समीक्षामा भनिएको छ। पुनसंरचनाको व्यवस्थाले समस्यामा परेका लघुवित्तका ऋणीलाई राहत पुग्ने छ।

बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने राष्ट्र बैंकले जनाएकाे छ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्नेअवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतको रुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सो पश्चात् उक्त डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।