Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रियल स्टेट र शेयर धितो कर्जाको जोखिमभार घट्यो

२०८० मंसिर २२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जोखिमभार घटाएको हो।

“बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ,” राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उल्लेख छ। यसअघि ५० लाखभन्दा धेरै रकमको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो।