Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी चार विकास बैंकलाई पुँजीकोषको दबाव

२०८० मंसिर २१ गते

बैंकिङ खबर/ राष्ट्रिय स्तरका चार विकास बैंकलाई पुँजीकोषको दबाव देखिएको छ। मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, सा‌ंग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकलाई पुँजीकोषको दबाव देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक विवरण अनुसार यी चार बैंकको पुँजीकोष टाइट देखिएको छ। राष्ट्रिय स्तरका विकास बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ बमोजिम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्था अनुसार राष्ट्रिय स्तरका विकास बैंकले न्यूनतम प्राथमिक पुँजी कोष ८.५ प्रतिशत र २.५ प्रतिशत पुरक पुँजी कायम गर्नुपर्ने हुन्छ। प्रत्येक महिनाको मसान्तसमा समाप्त भएको ७ दिनभित्र लेखापरीक्षकबाट प्रमाणित गराई बैंकले यस्तो विवरण केन्द्रीय बैंकलाई पठाउनु पर्छ।

प्राथमिक पुँजी कोष सीमा कायम गर्न नसकेको अवस्थामा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गर्छ। २०८० असोज मसान्सम्म आइपुग्दा मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक ९ प्रतिशत कम छ। मुक्तिनाथ विकास बैंकको प्राथमिक पुँजी कोष .६७ प्रतिशत, ज्योति विकास बैंकको ८.७९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.८२ प्रतिशत र कामना सेवा विकास बैंकको ८.६ प्रतिशत छ।