Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्त कर्मचारी मञ्च देउखुरी दाङद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८० मंसिर २१ गते

बैंकिङ खबर/ लघुवित्त कर्मचारी मञ्च देउखुरी दाङले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले बुधबार गढवा गाउँपालिका वडा नं. ३ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालय गोबहडिया मा उक्त कार्यक्रम आयोजना गरेको थियो ।

जसमा लघुवित्त कर्मचारी मञ्चका अध्यक्ष तथा उपकार लघुवित्त वित्तीय संस्था मौरिघाट का शाखा प्रबन्धक को सभापति तथा विद्यालयका नि. प्र.अ बामदेब ज्ञवालि प्रमुख अतिथ्यता तथा अस्थायी प्रहरी चौकी गोबहर्डिया का कार्यालय प्रमुख कमल प्रसाद बन्जाडे को विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लघुवित्त कर्मचारी मञ्चका सदस्य तथा किसान लघुवित्तका शाखा प्रमुख चेतराज जैसी ले लघुवित्तको विकासक्रम, हाल नेपालमा लघुवित्तको अवस्था र यसले समाजमा पु¥याएको योगदानको बारेमा प्रकाश पारेका थिए ।

साथै लघुवित्त कर्मचारी मञ्चका सचिब तथा उन्नति सहकार्य लघुबित्त बित्तिय संस्था लि. साखा कार्यालय सिसहनिया का शाखा प्रबन्धक सन्तोष पौडेल ले बित्तिय साक्षरता अन्तर्गत वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिएका थिए । कर्जा नतिर्दा हुने हानी र त्यस्ले पार्ने प्रभावबारे हिमालयन लघुबित्त काशाखा प्रमुख खेमानन्द तिवारीले जानकारी गराएका थिए ।

विद्यालयका करिब डछजना विद्यार्थीहरुलाई वित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ । विद्यालयका का नि प्र अ बामदेब ज्ञवाली ले यस कार्यक्रममार्फत आफ्नो विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेकोमा लघुवित्त कर्मचारी मञ्चलाई धन्यवाद ज्ञापन दिएका थिए ।

कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना निकै प्रभावकारी भएको तथा लघुवित्तको बारेमा लिएको ज्ञानलाई आफ्नो जीवनमा लागू गर्दै परिवार र समाजलाई पनि जानकारी गराउनु होला भनी लघुवित्त कर्मचारी मञ्च दाङ देउखुरीका अध्यक्ष तथा उपकार लघुवित्त मौरिघाट शाखा प्रमुख दिपेस पुन मगर ले बताएका थिए । कार्यक्रमको सहजीकरण मञ्चका सचिव तथा उन्नति सहकार्य लघुवित्तका शाखा प्रमुख सन्तोष पौडेलले गरेका थिए भने स्वागत मन्तव्य मञ्चकी सहसचिव तथा लक्ष्मी लघुवित्तकी शाखा प्रमुख शिला जिसीले दिएकी थिइन् ।