Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

२०८० मंसिर १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको छ । सो अवसरमा गभर्नर अधिकारी तथा अर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ ।

साथै मौद्रिक नीतिको समीक्षा बारे पनि छलफल भएको बताइएको छ। यसैगरी सोही अवसरमा उनले अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पनि बुझाएका छन् ।

उक्त प्रतिवेदनका अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/ ८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ। केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/०८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४४८ रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढी हो । गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रुपैयाँ थियो ।