Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निक्षेप संकलनको ब्याज अन्तर बैंक दर भन्दा तल

२०८० मंसिर १३ गते

बैंकिङ खबर/निक्षेपको ब्याजदर अन्तर बैंक दर भन्दा तल झरेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै निक्षेप संकलनको ब्याजदर पनि घटेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले निक्षेप संकलन दर ४.५ प्रतिशत तोकेको छ । केन्द्रीय बैंकले मंसिर ६ गते १० अर्ब बराबरको सात दिने अवधिको निक्षेप संकलन गरेको थियो ।

त्यसपछि पुन मंगलबार केन्द्रीय बैंकले सोही रकम बरावरको निक्षेप संकलन गरेको छ । तर, मंसिर ६ गतेको भन्दा मंगलबारको निक्षेप संकलनको ब्याजदर घटेको छ । मंसिर ६ गते १.९६५७ कायम भएको औसत ब्याजदर मंगलबार घटेर १.१४४५ प्रतिशतमा झरेको छ ।

निक्षेप संकलनको ब्याजदर करिडोरको तल्लो सीमा ४.५ प्रतिशत पु्रयाउन ठुलो मात्रामा निक्षेप संकलन जारी गर्नुपर्ने अवस्था छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बढाएको खण्डमा आन्तरिक ऋणको लागत बढ्ने तथा ब्याजदर पनि घट्न समयमा लाग्ने भन्दै मौद्रीक नीतिको व्यवस्था अनुसार निक्षेप संकलन नगरेको हो । मंगलबार वित्तीय प्रणालीमा करिब ५० अर्ब अधिक तरलता रहेको छ ।

मंगलबारको निक्षेप संकलन उपकरणको ब्याज अन्तर बैंक दर भन्दा थोरै हो । केन्द्रीय बंकका अनुसार बैंकिङ प्रणालीको पछिल्लो अन्तर बैंक दर १.९४ प्रीतशत कायम भएको छ । निक्षेप संकलन दर भन्दा तल अन्तर बैंक ब्याजदर आएको खण्डमा जारी हुने निक्षेप संकलन उपकरणको ब्याजदर नै अन्तर बैंकदर भन्दा तल पुगेको हो ।

मंगलबारको निक्षेप संकलनका लागि १३ सहभागिले ५५ वटा बोल आवेदन मार्फत ३९ अर्बको माग गरेका थिए । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणका लागि अधिक माग गरेको हुन । बैंक वित्तीय संस्थाको अधिक मागका कारण औसत रेट पनि एक प्रतिशतको हाराहारीमा झरेको हो । मंगलबार निक्षेप संकलन उपकरणको उच्च रेट १.२४०० र न्यून १.१००० प्रतिशत माग गरेका थिए ।