Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘हायर पर्चेज’ कर्जा लिने कम्पनीका कार्यकारी प्रमुख तथा प्रबन्ध सञ्चालकको तोकियो योग्यता

२०८० मंसिर १२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा लिने कम्पनी तथा फर्मका कार्यकारी प्रमुख तथा प्रबन्ध सञ्चालकको योग्यता तोकेको छ । यसअघि योग्यता नतोकिएको भए पनि अब भने कार्यकारी प्रमुख तथा प्रबन्ध सञ्चालकको रूपमा नियुक्त हुने व्यक्ति स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले सोमबार ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०’को चौथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हायर पर्चेज कर्जा भन्नाले कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिएको कर्जा वा सापटी सम्झनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।