
बैंकिङ खबर/ चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासिक(साउन-असोज) सम्ममा नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट १० अर्ब ४५ करोड ४७ लाख बीमाशुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीहरूले ६ लाख ८४ हजार ४३६ वटा बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।
चालु आवको असोजमा मात्रै कम्पनीहरूले व्यवसायबाट ३ अर्ब ३६ करोड ९४ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले २ लाख ७५ हजार ३५६ वटा बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कुल बीमाशुल्क संकलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । चालु आवको असोजसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सो अवधिमा ७५ हजार ४७० बीमालेख जारी गरी सो रकम संकलन गरेको हो । त्यस्तै दोस्रोमा सिदार्थ प्रिमियर इन्स्योरेन्सले ७९ हजार ६ सय ९६ बीमालेख जारी गरी १ अर्ब ६ करोड ५५ लाख बीमा शुल्क संकलन गरेको छ ।
सिदार्थ प्रिमियर इन्स्योरेन्सले असोजमा मात्रै ९८ अर्ब ४३ करोड बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।तेस्रोमा शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड १२ लाख बीमा शुल्क संकनल गरेको छ । शिखरले ७५ हजार ९०४ बीमालेख जारी गर सो रकम संकलन गरेको हो ।
यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९४ करोड ८३ लाख, आइजिआइ प्रुडेन्सियल ८६ करोड १५ लाख, नेको इन्स्योरेन्स लिमिटेड ८४ करोड ३ लाख, युनाइटेड अजोड इन्स्योरेन्स ७० करोड १८ लाख, एनएलजी इन्स्योरेन्स ६७ करोड ५५ लाख, सानिमा जिआइसी इन्स्योरेन्स ५९ करोड ९४ लाख,प्रभु इन्स्योरेन्स ५६ करोड ५८ लाख, राष्ट्रिय बीमा कम्पनी ५५ करोड ४८ लाख, दि ओरेन्टियल इन्स्योरेन्स कम्पनी ५२ करोड ५९ लाख, नेपाल इन्स्योरेन्स ३७ करोड ५२ लाख र नेशनल इन्स्योरेन्सले ३७ करोड २० लाख बीमा शुल्क संकलन गरेका छन् ।
सञ्चालनमा रहेका दुइ लघु बीमा कम्पनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सले असोजसम्ममा ९१ लाख बीमाशुल्क संकलन गरेको छ । जसमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ९१ लाख र नेपाल माइक्रो इन्स्योरेन्स ३० लाख बीमाशुल्क संकलन गरेका छन् ।




