२०८० कार्तिक २१ गते

लघुवित्तका समस्या तथा चुनौतिका बारेमा सिइओहरुबीच अन्तरक्रिया

बैंकिङ खबर/फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को आयोजनामा साझेदार ऋणी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुबीच लघुवित्त क्षेत्रमा वर्तमानमा देखिएका समस्या तथा चुनौतिका बारेमा १ दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विभिन्न लघुवित्त संस्थाका २५ जनाको सहभागिता रहेको थियो । उक्त अन्तरक्रियामा हाल लघुवित्त क्षेत्रमा देखा परेको बिग्रदो वातावरण, असुलीमा देखापरेको समस्या, एकल ग्राहक एक संस्था सिमाले थपिएका चुनौती, कर्मचारीको खस्कदो मनोबल, लघुवित्तको मोडेल परिवर्तन, लगानी गरेको ऋणको कानूनी सुरक्षाका सम्बन्धमा अन्तरक्रिया भएको थियो ।