Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अब बैंकिङ समय अपराह्न ३ बजेसम्म मात्र

२०८० कार्तिक १६ गते

बैंकिङ खबर/आजबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म मात्र हुने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक समयतालिका अनुसार आजबाट बैंकिङ समय १ घण्टा कम हुने भएको हो।

राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म बैंकिङ समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ समय हुनेछ।

यसैगरी राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ५ बजेसम्म बैंकहरुको कार्यालय समय रहने तोकेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म कार्यालय समय हुनेछ।