Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पटक–पटक राष्ट्र बैंकको कारबाहीमा नारायणी डेभलपमेन्ट बैंक

२०८० कार्तिक १५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई गत आर्थिक वर्ष २०७९–८०मा मात्रै आठ पटक कारबाही गरेको छ । उक्त आर्थिक वर्षको चौथो त्रैमासमा पनि यो बैंकमाथि राष्ट्र बैंकले ५ पटक कारबाही गर्दै नगद गरिवाना गरेको थियो ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट गैरस्थलगत सुपरिवेक्षणका आधारमा नारायणी डेभलपमेन्ट बैंकलाई चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेकोमा ५ पटक कारबाही गरी १ लाख ६४ हजार २४.४५ रुपैयाँ नगद जरिवाना गरिएको छ।

यसअघि उक्त आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेन्ट बैंकलाई नियम मिचेकोमा राष्ट्र बैंकले ३ पटक कारबाही गरिसकेको थियो।