Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बजारमा साढे ६ खर्ब बढी नगद परिचालन

२०८० कार्तिक १५ गते

बैंकिङ खबर/बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक असोज मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन थियो।

असारको तुलनामा असोजमा नगद परिचालन ५.३१ प्रतिशतले बढेको छ। असोजसम्म सरकारको खातामा १ खर्ब ४८ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तमा सरकारको खाता ४५ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले सरकारी कोष १ खर्ब ३ अर्ब २५ करोड रुपैयाँले बढेको छ।