Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन गर्नुपर्छः सांसद प्रेम सुवाल

२०८० कार्तिक १२ गते

बैंकिङ खबर/सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिएका छन्। आजको बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिएका हुन्।

सांसद सुवालले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा सरकारी स्वामित्वमा ल्याएर बैंकिङ कसुर नियन्त्रण गर्नुपर्छ। विदेशी लगानी भएको बैंक र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनुहुदैन।’ उनले नेपालीको सम्पति सीमाङ्कन गर्न र त्यसलाई विदेशमा राख्न नपाउने व्यवस्था गर्नसमेत सरकारको ध्यानार्कषण गराए।