Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकले पनि घटाए ब्याजदर

२०८० आश्विन ३० गते

बैंकिङ खबर/ राष्ट्रियस्तरका विकास बैंकले ब्याजदर घटाएका छन् । कात्तिक महिनाको लागि राष्ट्रियस्तरका सबै विकास बैंकहरुले मुद्दती निक्षेपमा औसत १०.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन ।

कात्तिक महिनाको लागि ९ वटा विकास बैंकले नै ब्याजदर घटाएका छन । गरिमा विकास बैंकले आफ्नो ब्याजदर ०.७५ प्रतिशत घटाएर कात्तिकको लागि १०.२५ प्रतिशत ब्याजदर दिने भएको छ । असोजमा बैंकको ब्याजदर ११ प्रतिशत रहेको थियो ।

यसैगरी, ज्योति विकास बैंकले पनि कात्तिकको लागि ०.७५ प्रतिशत ब्याजदर घटाएर ११ प्रतिशत ब्याजदर दिने जानकारी दिएको छ । कामना सेवा विकास बैंक, लुम्बिनि विकास बैंक, महालक्ष्मी विकास बैंक, मुत्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक कर्णाली विकास बैंकले कात्तिक महिनाको लागि ०.७५ प्रतिशतले आफ्नो ब्याजदर घटाएका हुँन ।

यता करर्पोरेट विकास बैंकले भने कात्तिक महिनाको लागि ०.२० प्रतिशतले मात्र ब्याजदर घटाएको छ । कात्तिक महिनाको लागि सबैभन्दा धेरै निक्षेपको ब्याजदर भएको विकास बैंक लुम्बिनि विकास बैंक र कर्पोरेट विकास बैंक रहेका छन् । यी दुई बैंकको निक्षेपको ब्याजदर कात्तिक महिनाको लागि १२ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकिङ च्यानलमा ५८ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसैगरी, बैंकिङ च्यानलबाट हालसम्म ४९ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) ८१.८१ मा रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा माथि पुर्याउन नपाउने व्यवस्था गरेको छ । यसर्थ अहिले बैंकिङ प्रणालीमा प्रयाप्त रुपमा लगानी योग्य रकम रहेको छ ।