
नोट पैसा जतन गरी
प्रयोग गरौं हजुर ।
पूरानो भए के भो र
काम आउँछ जरूर ।।
एक एक नोट छाप्न
पैसा देशकै जाने ।
राम्राे गरे जतन गरे
कर हाम्रै जोगिने ।।
यसपालिको दशैंमा
गरौँ नयाँ प्रयोग बरु ।
डिजीटल बैंकिंग बाटै
दक्षिणा दिन शुरू ।।
रविन्द्र राज थापा(सन्तोष)
हरिवन, सर्लाही
हाल : ललितपुर
ईमेल: santoshthapa9@gmail.com




