
बैंकिङ खबर/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समय सीमाभित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समय सीमाभित्र रहेर सरकार आफैँले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । तर, सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीति ल्याएको भन्दै स्वागत गरे ।
उनले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बैंकलाई मात्रै जिम्मेवार ठहर्याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताए । सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराए पनि राष्ट्र बैंकले लिएको खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए ।


