Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडेको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

२०८० आश्विन २१ गते

बैंकिङ खबर/नेरुडे लघुवित्त वित्तीय संस्थाले एक दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ । संस्थाले बाँके जिल्लाको उपशाखा कम्दी अन्तर्गतका ६५ जना ग्राहक सदस्यलाई शहीद उच्च मा.वि.मा तालिम सम्पन गरेको हो ।

उक्त तालिममा डुडुवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष झंक बहादुर थापा, इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज टेक बहादुर शाह, शहीद उच्च मा.वि.कम्दीका सहायक प्रधानाध्यापक गोबिन्द सिजापती र नेरुडे लघुवित्त प्रदेश कार्यालयका निरीक्षण अधिकृत प्रदिप जि.सि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रशिक्षकको रुपमा डुडुवा गाउँपालिका कृषि शाखा प्रमुख हनुमान यादव रहेका थिए ।

कार्यक्रम समापनको क्रममा बोल्दै उपशाखा कार्यालय कम्दीका प्रमुख रामफल चौधरीले तालिमबाट ग्राहक सदस्यहरुलाई आफुले गर्दै आएको व्यवसाय वृद्धि गर्न हौसला प्राप्त भएको र स्थानिय तथा सरोकारवाला निकायहरुको साथ सहयोगले संस्थालाई समेत ग्राहक मैत्री कार्यक्रम सञ्चालन गर्न हौसला प्राप्त भएको बताए ।