
बैंकिङ खबर/भदौमा घरजग्गा कारोबार बढेको छ । सरकार र राष्ट्र बैंकले घरजग्गाका लागि खुकुलो नीति ल्याएसँगै कारोबार सामान्य वृद्धि भएको हो। गत आर्थिक वर्ष ३४ हजार ७२३ लिखित पारित भएकोमा यस वर्ष ३५ हजार ६८६ लिखित पारित भएका छ।
भदौमा कुल कारोबार–सेवा १ लाख २० हजार भएका छन्। अघिल्लो वर्ष १ लाख ८ हजार थियो। राष्ट्र बैंकले घरजग्गा कारोबारको जोखिम भार घटाएकाले कर्जा विस्तारमा सहज भएको छ।
भदौमा राजस्व ३ अर्ब २ करोड रुपैयाँ संकलन भएको छ। सेवा कर २५ करोड, रजिष्ट्रेशन दस्तुर १ अर्ब ९९ करोड र पुँजीगत लाभकर १ अर्ब ९ करोड रुपैयाँ संकलन गरेको छ। राजस्व संकलन काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट बढी भइरहेको छ।
लगनखेल कार्यालयबाट ३३ करोड, भक्तपुर कार्यालयबाट २२ करोड, डिल्लीबजार कार्यलयबाट २४ करोड, चावहिल २० करोड, कलंकीबाट १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।



