Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एकैदिन बैंकिङ प्रणालीमा थपियो १५ अर्ब निक्षेप

२०८० आश्विन ३ गते

बैंकिङ खबर/पछिल्लो एकै दिन बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। भदौ ३० गतेसम्म प्राणालीमा ५७ खर्ब २६ अर्ब रहेको निक्षेप एकैदिन १५ अर्ब बढेसँगै ५७ खर्ब ४१ अर्ब पुगेको हो। प्राणालीमा निक्षेप बढ्न थालेसँगै कर्जा प्रवाहसमेत उकालो लाग्न थालेको छ।

भदौ ३१ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। भदौ ३० गतेसम्म वित्तीय संस्थाले ४९ खर्ब ८ अर्ब कर्जा प्रवाह गरेकामा पछिल्लो एक दिनमा ५ अर्बले कर्जा बढेको छ। पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुले मात्रै ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्। प्राणालीमा निरन्तर निक्षेप बढ्नथालेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.५४ प्र्रतिशत रहेको छ।

वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) अधिक हुँदा अन्तर बैंक दर ३.०८ प्रतिशतमा आएको छ। अन्तरबैंक दर घट्नुले पनि प्रणालीमा अधिक तरलता रहेको देखाएको छ।