
बैंकिङ खबर/ नेरुडे लघुवित्त वित्तीय संस्थाले नयाँ भर्ना भएका कर्मचारीहरुको अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । नयाँ भर्ना भएका कर्मचारीहरुको १४ दिनको अनिवार्य अभिमुखीकरण तालिम सञ्चालन गर्नुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तालिम आयोजना गरिएको हो ।
प्रशिक्षार्थीको रुपमा लिएका २० जना उम्मेद्वारको बुटवल, वर्दिवास र विराटनगर केन्द्र पारी अभिमुखीकरण तालिमको समापन सम्पन्न गरेको संस्थाका योजना विभागका प्रमुख कृष्ण बहादुर खड्काले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण तथा प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न

नेरुडे लघुवित्त वित्तीय सस्थाले प्रदेश कार्यालय वर्दिवास अन्तर्गत रहेका ५३ जना कार्यालय प्रमुख तथा निरीक्षण अधिकृतहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी १ दिने तालिम शुक्रवार वर्दिवासमा सम्पन्न गरेको छ ।
उक्त तालिममा श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक श्याम कृष्ण दाहाल रहेका थिए । त्यसैगरी शनिवार सोही प्रदेश कार्यालय अन्तरगत कै ३५ जना फिल्ड कर्मचारीहरुलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कार्यक्रममा हाल लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका संभावित उपायहरु, नियामक निकायबाट जारी भएका नीति नियमहरु लगायत समग्र फिल्ड व्यवस्थापन सम्बन्धमा तालिम संचालन गरिएको थियो ।
उक्त तालिमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत भोज राज बस्याल, नायव महाप्रबन्धक भागनारायण साहु र योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले गरेका थिए ।
संस्थाले यसै महिनाको भाद्र ८ गते प्रदेश कार्यालय बुटवल अन्तर्गतका सवै कार्यालय प्रमुख तथा निरिक्षण अधिकृतहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न गरीसकेको छ ।
केही दिन भित्रमा प्रदेश कार्यालय इटहरी अन्तर्गतका कार्यालय प्रमुख र निरीक्षण अधिकृतहरुलाई समेत उक्त विषयको तालिम संचालन गरी चालु आ.व.को पहिलो त्रैमास भित्रमा वित्तीय संस्थाका सवै कार्यालय प्रमुख र निरीक्षण अधिकृतहरुलाई सम्पत्ति शुद्घीकरण सम्बन्धी तालिम सम्पन्न गर्ने लक्ष्य रहेकोे जनाएको छ ।




