२०८० भाद्र १९ गते

 नेरुडे लघुवित्तद्वारा बीमा दाबी भूक्तानी रकम हस्तान्तरण

बैंकिङ खबर/  नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी दुर्घटना बीमा दाबी भूक्तानी रकम प्रदान गरेको छ । संस्थाको शाखा कार्यालय तेतरीया, मोरङ्गमा कार्यरत कर्मचारी समिर माझीको गत पुस ९ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

नेरुडेले सलिको इन्स्योरेन्ससँग कर्मचारीहरुको दुर्घटना बीमा गरेको छ । सोही बीमा अनुसार इन्स्योरेन्स कम्पनीबाट प्राप्त सात लाख रुपैयाँको चेक संस्थाका नायब महाप्रबन्धक भाग नारायण साहुले मंगलबार मृतकको श्रीमती सरिता कुमारी चौधरीलाई हस्तान्तरण गरेका हुन् ।