Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चालु पुँजी कर्जामा शून्य बक्यौता बनाउनु नपर्ने

२०८० भाद्र ११ गते

बैंकिङ खबर/चालु पुँजी कर्जा आर्थिक वर्षको कुनै अवधिमा ७ दिन शून्य बक्यौता हुनुपर्ने व्यवस्था संशोधन भएको छ। संशोधन अनुसार १० प्रतिशतभन्दा कम बक्यौता ७ दिन भए पनि तीन वर्षसम्मको लागि दिइने कर्मा सीमा सुविधा पाउने छन्।

चालु पुँजी कर्जा मार्गदर्शन गत वर्ष कात्तिकबाट कार्यन्वयनमा अँएको छ। मार्गदर्शन लागु भएको मितिबाट ३ वर्ष सम्म कर्जा सिमा तोकिएको छ। जसअनुसार पहिलो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन्।

दोस्रो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सक्नेछन्। तेस्रो वर्षपछि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम गर्नुपर्ने उल्लेख छ।