Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

सतर्क रहनुहोला ! एटिएम कार्डबाट यसरी चोरी हुँदैछन् डाटा

admin २०७३ कार्तिक २२ गते
सेयर:

atmनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने तीन रोमानियाका नागरिकलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले काठमाडौँका दरबारमार्ग, ठमेललगायतका स्थानबाट हिँड्न क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा शुक्रबार घिता हुजुम, ओसिप मोरारु र एलेक्स क्रिष्टियन बुगाहिरुलानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले ती अभियुक्तबाट रु तीन लाख आठ हजार ५०० नेपाली र १० हजार ९०५ युरो, ४७० फिलिपिनो मुद्रा, ३५३ थान एटिएम कार्ड, मोबाइल फोन छ थान, ल्यापटप दुई थानलगायतका सामग्री बरामद गरेको छ ।

पछिल्लो समय नेपालमा बुल्गेरिया, टर्की, रोमानियालगायत देशका नागरिक पर्यटक भिसा बनाएर नेपाल आई विभिन्न बैंकको एटिएममा पसेर रकम चोर्ने गरेका ब्युरोले जनाएको छ ।

यसभन्दा पहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट २०७१ साल मङ्सिरमा २६ लाख नेपाली रुपैयाँसहित टर्कीका नागरिक, सोही वर्ष चैतमा १८ लाख नेपाली रुपैयाँसहित बुल्गेरियाका नागरिक, २०७३ साउनमा दुई लाख ६४ हजार नेपाली रुपैयाँसहित रोमानियाका नागरिक पक्राउ परेका थिए । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।