
बैंकिङ खबर/सरकारले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको हो।
साथै, ५ रुपैयाँका दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिने दिने निर्णय पनि भएको छ। यो नीति स्वीकृत भएसँगै कानुन बनाउने बाटो खुलेकाे छ।
सूचना संचार तथा प्रविधि मन्त्रालयले गराएको जानकारी अनुसार राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत गर्ने दिने निर्णय भएको छ।


