Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाइफको ‘बीमा सचेतना साइकल र्‍याली’

२०८० श्रावण २२ गते

बैंकिङ खबर/नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्‍यालीको आयोजना गरेको छ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारीलगायत कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता थियो।

पोखराको बाराहीघाटबाट सुरु भएको र्‍यालीले हल्लनचोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्र बैंक चोकहुँदै करिब १० किलोमिटरको यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा र्‍यालीको समापन गरिएको थियो। साइकल र्‍यालीबाट बीमा सचेतना प्रवर्द्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ।