Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरुको औसत लाभांश क्षमता ११.३८ प्रतिशत

२०८० श्रावण २२ गते

बैंकिङ खबर/वितरणयोग्य नाफाका आधारमा एभरेष्ट बैंक अब्बल देखिएको छ । यो बैंकको वितरणयोग्य नाफा चार अर्ब ३३ करोड पुगेको छ । दोस्रोमा नबिल, तेस्रोमा एनआइसी एसिया बैंक रहेको छ । नबिलको वितरणयोग्य मुनाफा तीन अर्ब ९६ करोड छ भने एनआइसी एसियाको तीन अर्ब ६९ करोड छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आवको मुनाफाबाट औसत ११.३८ प्रतिशत मात्रै लाभांश दिन सक्ने भएका हुन् । अझ दुई बैंकको लाभांश क्षमता ऋणात्मक देखिएको छ । सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको ४०.५ प्रतिशत रहेको छ । त्यस्तै, एनआइसी एसियाको ३१.९९ प्रतिशत । स्ट्याडर्ड चार्टर्डको २८.९९ प्रतिशत रहेको छ ।

हिमालयन बैंकको लाभांश क्षमता ५.४९ प्रतिशत । कुमारी बैंकको ३.२४ प्रतिशतले ऋणात्मक देखिएको छ । इन्भेष्टमेन्ट, मेगा र प्रभु बैंकको लाभांश क्षमता १ प्रतिशतभन्दा पनि तल रहेको छ । ग्लोबल आइएमई, नेपाल बैंक, एनएमबि, सिद्धार्थ, लक्ष्मी सन्राइज, प्राइम र सिटिजन्स बैंकको लाभांश क्षमता औसतभन्दा कम रहेको छ । नबिल, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सानिमा, नेपाल एसबिआई । माछापुच्छ्रे बैंकको लाभांश क्षमता भने औसतभन्दा बढी रहेको छ ।